सरकार विरुद्ध नेविसंघको राँके जुलुस, गगन थापाको अभिव्यक्तिको पनि विरोध !

395

कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आज पोखरामा सरकार विरुद्ध प्रदशन गरेको छ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ।

नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति विकास  थापाको नेतृत्वमा भएको आन्दोलनमा प्रहरी लाठीचार्ज गर्दा नेपाल विद्यार्थी संघका नेता पशुपती भट्टराई घाइते हुनु भएको छ। साथै सोही आन्दोलनको कोण सभालाई सम्बोधन गर्दै सभापति थापाले नेपाल विद्यार्थी संघको आन्दोलन तुहाउने खालको अभिव्यक्ति दिएको भन्दै आफ्नै नेता गगन थापाको चर्को आलोचना गरे।

चिकित्सा शिक्षा विधेयक खारेजको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आज पनि आफ्ना विरोध कार्यक्रमलाई निरन्तरता दिएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here