एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता सम्पन्न

189

 विराटनगर / एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगिता विराटनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल सरकार प्रदेश नं १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सयुक्त रुपमा गरे ।

एनआईसी एशिया बैंकले विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा विराटनगरको शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआईसी एशिया रन फर हेल्थ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो ।

राष्ट्रिय अर्वुदरोग निवारण दिवस को पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन उक्त दौड कार्यक्रमको आयोजना गरिएको हो । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता थियो ।

प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुने खेलाडीहरुलाई पुरस्कार स्वरुप ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here