काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री रघुवीर महासेठ

364

 काठमाडौं / भौतिक निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न योजना तथा आयोजनाहरु ठेक्का लिएको काम तोकिएको समयमा पुरा नगर्ने निर्माण व्यवसायीहरुलाई सरकारले जरिवाना गरेर कारवाही थालनी गरेको जनाउनु भएको छ।

सो कुरा मन्त्री महासेठले सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा अवस्थित हर्षाही र सिथौंली जोडने कमला नदीमा निर्माण गरिएको मोटरेवल पुलको समुद्घाटन् गर्दै जनाउनु भएको हो ।

सो अवसरमा मन्त्री महासेठले विगतमा केही निर्माण व्यवसायीहरुले सरकारी विकास आयोजनाहरुको ठेक्का लिएर काम नगरिरहेको अवस्थामा विद्यमान सरकारले कडाई गरेपछि मात्र काम गर्न थालेको समेत उहाँले जनाउनु भयो ।

मन्त्री महासेठले सरकारले आगामी पाँच वर्ष भित्र सबै स्थानीयतहमा कालो पत्रे सडक पुर्याउन,नेपालका लागि रेल किन्न काम शुरु गरिसकेको जनाउनु भयो ।

सिन्धुली जिल्लाको कमला खोच स्थित कमलानदीमा कुल पाँच सय मिटर लामो, दश स्पानयुक्त मोटरेवल पुल करिव ६१ करोडमा निर्माणको ठेक्का पाएको कालिकातुदी र रसुवा जेभीले तोकेको समय भन्दा १३ महिना अगावै पुलनिर्माण सम्पन्न गरी नेपाल सरकारलाई ठेक्का बुझाएपछि कमलाखोच क्षेत्रका स्थानीय बासिन्दाहरु लाभान्वित हुने भएका छन् ।

कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर एकका सांसद गणेश कुमार पहाडी, भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी,प्रदेश सभाका सांसद लेखनाथ दाहाल,प्रदीप कटुवाल,विनोदकुमार खडका र रसुवा कन्ट्रक्सन कम्पनिका प्रवन्ध निर्देशक राजेन्द्र आचार्य समेतको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here