काठमाडौं / किर्तिपुर नगरपालिका-४ नयाँ वस्ती बस्ने साबित्री लोडारीको घरमा चोरी गर्दै गरेको अवस्थामा फेला पारी ललितपुर धोविघाट बस्नेभारत बिहार पटनाघर भएका १९ वर्षीय सुरजकुमार पोदारलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा पोदारले उक्तघरबाट नगद ७ सय ८५ रुपैयाँ, अमेरिकी डलर१ सय ६ रुपैयाँ, युरोपियन डलर ५ रुपैयाँ र फिलिपिन्स डलर ५० रुपैयाँ चोरी गर्दै गरेको अवस्थामाफेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















