एक तर्फि रुपमा ऋणको ब्याज दरमा गरीएको वृद्धि फिर्ता लिन माग

284

दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरु वाट एक तर्फि रुपले ऋणको व्याज दरमा गरेको अत्याधिक बृद्धि फिर्ता लिन माग गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले विहिवार एक विज्ञप्ती जारी बैंक तथा वित्तिय संस्थाहरु वाट एक तर्फि रुपले ऋणको व्याज दरमा गरेको अत्याधिक बृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै फिर्ता लिन समाग गरेका हुन । बैंक तथा वित्तिय संस्थाहरुको यस प्रकारको कार्यले राज्यले अपेक्षा गरेको आर्थिक वृद्धि दर पनि हासिल गर्न नसक्ने भएकाले बैंक तथा वित्तिय संस्थाहरुले एक तर्फि रुपले ब्याज दरमा गरेको बृद्धि प्रति गम्भिर ध्यानाकर्षण भएको जनाददै तत्काल ब्याजदर कम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक समक्ष जोडदार माग गरेका छन् ।

पछिल्लो समय ब्याज दरमा भएको अत्याधिक बृद्धिले उद्योग÷व्यवसाय क्षेत्रमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरेर बैंक तथा वित्तिय संस्थाहरु वाट एक तर्फि रुपले ऋणको व्याजदर वृद्धि गर्दा निजि क्षेत्रवाट निर्माणधिन परियोजनाको लागत वढनुको साथै नयां लगानी पनि निरुत्साहित हुन पुग्ने तथा आम नागरीकहरुको दैनिक जिवनमा थप व्यय भारको अवस्था पनि सृजना हुने विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here