सर्लाही / जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा मंलगवा नगरपालिका-१० स्थित जिल्ला बिकास समितिको चोक देखि मंलगवा नगरपालिका-८ दुर्गा भगवती मन्दिर सम्म समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख तथा प्रहरी कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, मंलगवा जेसिस तथा मंलगवा जुनियर जेसिस, जेसिस बोर्डिङका विद्यार्थीहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।


















