जनप्रतिनिधिमाथि जनताको आक्रोश ! पूर्वमन्त्रीसहित चार नेतालाई स्थानीयद्धारा कुटपिट

393

रकुम पूर्व / आफ्नैं गृहजिल्ला गएका पुर्वमन्त्री सहित अन्य चारजना माथि स्थानीय जनताले कुटपिट गरेका छन् । रुकुम पश्चिमबाट गृह जिल्ला रुकुम पूर्व जान लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट गरिएको हो ।

रोकासँगै गएका नेकपाका जिल्ला नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुनमगर माथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । आन्दोलनकारीहरुले रुकुमकोट प्रवेश गर्नु पहिल्यै रानीकोट भन्ने ठाउँमा आफूहरूमाथि कुटपिट गरेको रोकाले जनाए । नेता रोकाले भने, ‘गाडी रोक्न बसेका मान्छेहरु देखेर हामीले गाडि फर्काएर हिँडेर जाँदै गर्दासमेत लछारपछार पारियो’ उनले अगाडी थप्दैं भने, ‘फेरि रुकुमकोट पुग्न लाग्दा मोटरसाइकलको हेलमेट र लात्तिले प्रहार गरियो ।’

कुटपिटबाट रोकाको गर्दनको भागमा चोट लागेको र कानमा समस्या आएको छ । नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला गरी रानिकोटबाट रुकमुकोटसम्म कुटपिट गर्दै लगिएको जनाए । रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनाका लागि सरोकार समितिको तर्फबाट कार्यक्रमको बारेमा प्रशासनसहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको जनाइएको छ ।

रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उनीहरु रुकुमकोटमै बसेर वार्ता गरौं भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको जनाइएको छ । आन्दोलन चलिरहेको बेलामा बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here