नवनियुक्त राजदूतहरूसँग नेपाल चेम्बर अफ कमर्सकाे अन्तरक्रिया

159

काठमाडौं / नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूसँग अन्तरक्रिया तथा छलफल गरेको छ । चेम्बरले भारत, संयुक्त राष्ट्रसंघ, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, थाइल्यान्ड, इजरायल, फ्रान्स, कुबेत तथा स्विट्जरल्यान्डका लागि नियुक्त भएका राजदूतसँग नेपालमा लगानी भित्र्याउने र व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा छलफल गरेको हो । कार्यक्रममा चेम्बरले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिएको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सरकार लागि परेको समयमा आर्थिक कूटनीतिलाई मजबुत बनाउनुपर्ने बताए । उनले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्न राजदूतहरूलाई आग्रह गरे । भारतका लागि नेपालका नवनियुक्त राजदूत नीलाम्बर आचार्यले देश समृद्ध बन्नलाई उत्पादन र निर्यात बढ्नुपर्ने बताए । साथै, उनले चेम्बर र राजदूत महत्त्वपूर्ण साझेदार भएको बताउँदै भने, ‘चेम्बरले विश्वव्यापी रूपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्छ ।’

त्यसैगरी अन्य देशका राजदूतहरूले नेपालमा विदेशी लगानी भित्र्याउन चेम्बरले विशेष पहल गर्नुपर्ने तथा सबै देशका राजदूतहरूले पहल गर्नुपर्ने आर्थिक अभियानले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here