काठमाडौं / मनिश श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको ‘बाटो बाटैमा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा उर्मिला प्रधानको शब्द रहेको छ भने यस गीतमा संगीत भने मनिश श्रेष्ठको आफ्नै रहेको छ ।
टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा रहेको यस भिडियोमा अन्जली अधिकारी र मनिश श्रेष्ठको आफ्नै अभिनय रहेका छ ।
बहुप्रतिभाशाली कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारिता क्षेत्रमा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका छन्।
मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन् ।
उनी विभिन्न कार्यक्रमहरुमा सम्मानित हुँदै आएका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् भने पाँच दर्जन भन्दा वढी गीत गाईसकेका छन् ।
हेर्नुहोस् भिडियो


















