काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ ।
















