दैलेख / नेपाली कांग्रेसका नेता एन पि साउदले आज २५ बर्ष देखि नेपाल कम्न्युस्ट पार्टीको सदस्य ग्रहण गरि एमाले तथा माओवादी पार्टीको विभिन्न भुमिका रहि काम गर्दै आइ रहेका नेकपाका जिल्ला कार्यसमिति दैलेखका जिल्ला सदस्य राजेन्द्र बहादुर शाही र जगत बहादुर शाही सहित २६ जनालाई नेपाली काङ्ग्रेसमा प्रवेश गराएका छन।
बिपि चिन्तन प्रतिष्ठान एवम् चामुण्डा नगरपालिकाको संयोजनमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व मन्त्री साउद ले नेकपा परित्याग गरेर कांग्रेसमा आउने नेताहरूलाई फुल माला लगाएर पार्टीमा भित्र्यायका हुन।
नेपाली कांग्रेसमा प्रवेश गर्ने साढे दुई दर्जन नेताहरुले नेकपाले देशमा समृद्धि भन्दा भ्रष्टाचार ल्याएको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गर्न कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन।

















