काठमाडौं – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।
यस अवधिमा पटक–पटक गरी ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रुपैयाँ रहेको आजको राजधानी दैनिकमा खवर छ ।


















