सरकारले भाषा संग्रहालय स्थापना गर्ने

44

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने जनाएका छनन्।

आइबार मन्त्रालयमा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो जनाएका हुन्। उनले भाषा संग्रहालयका लोगि सोमबार (भोलि) नै भाषा म्यूजियम अध्ययन समिति बनाउने घोषणा गरेका छन्।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दू विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। हिन्दू विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौं। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्‍याउन पनि एउटा सानो समिति गठन गर्छौं। यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या। मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो। मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन्। म भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु। हिन्दू विश्वविद्यालय हामीलाई चाहिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here