बिजेश्वरीमा मृत अवस्थामा एक महिला

61

काठमाडौं । बिजेश्वरीमा मृत भेटिएकी सफिना मियाँको हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मियाँको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारीका ४४ वर्षीय एकराम रहेको प्रहरी स्रोतले जनाएको छ।

माघ ३ गते मियाँ बिजेश्वरीस्थित डेरामा मृत भेटिएकी थिइन्। ५१ वर्षीया मियाँको घर तनहुँ रहेको प्रहरीले जनाएको छ। मियाँ र पक्राउ परेका एकराम दुवै विवाहित भए पनि ‘लिभिङ टुगेदर’ मा रहेको प्रहरीको भनाइ छ।

विवाहेतर सम्बन्ध बिग्रिएपछि मियाँको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यसबारे परिसरले आजै पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्दै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here