काठमाडौं – कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् ।
नेपालको अर्थअन्त्रको उल्लेखनीय विप्रेषण जीडीपीको २३ प्रतिशत आय कोभिड असरका कारण धराशायी बन्ने अवस्था छ । गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह ८.७९ खर्ब रुपियाँ भएकोमा चालु आ।व।मा करिब दुई खर्ब कम हुने आँकलन गरिएको छ । विप्रेषण आप्रवाह कम हुनुका अतिरिक्त खाडीलगायतका देशमा काम गर्ने १०–१५ लाख युवा कामदारले कामको अवसर गुमाई स्वदेश फर्कनुपर्ने अवस्था देखापरिरहेको छ । त्यसबाट मुलुकमा उपलव्ध हुने युवालाई कसरी काम दिन सकिन्छ भन्ने नयाँ समस्या पैदा हुन गएको छ । हाल ११ प्रतिशत रहेको बेरोजगारीको चाप कोभिड प्रकोप साम्य भएपछि उच्चरूपमा बढ्नेछ । गोरखापत्रबाट


















