डडेलधुरामा प्रभु बैंकको नयाँ शाखा कार्यालय

119

काठमाडौं / प्रभु बैंकको डडेल्धुरामा आफ्नो नयाँ शाखा कार्यालय स्थापना भएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here