निकेनको एकल अग्रता

117

किर्तिपुर / तेस्रो हरिशरण महर्जनस्मृति खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्टमा गोल्डेनगेट कलेजका निकेन कुसाथाले एकल अग्रता लिएका छन् । किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा शनिबार छैटौं चरणसम्मका खेल सम्पन्न हुँदा निकेनले सबै खेल जितेर ६ अंक बनाए । उनले चौथौंमा खोटाङ्गका संजय राई, पाँचौंमा मकवानपुरका मुक्तिनाथ सन्जेल र छैटौंमा गोल्डेनगेटकै मो. अदनान आदिललाई हराएका थिए ।

यसैगरी थापाथलि चेस पार्कका सुशील चौधरी साढे ५ अंकका साथ दोश्रो स्थानमा छन् । त्यस्तै सुनसरीका मणिराज डाँगी, मध्यपुर थिमीका प्रशान भासिमा, ललितपुरका इलियास अलि, गोल्डेनगेटका युवराज पौडेलले समान ५ अंक प्राप्त गरेका छन् ।

१८०० भन्दा कम रेटिङ भएका खेलाडीहरुले मात्र भाग लिन पाउने प्रतियोगितामा १०४ जना खेलाडी सहभागी छन्।

प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोश्राले १० हजार, तेश्राले ७ हजार, चौथौंले ५ हजार, पाँचौंले ३ हजार र उत्कृष्ठ दशौंसम्मले जनही एक हजार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here