प्रचण्डलाई अमेरिका बोलाइयो !

140

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिइएको छ ।  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र नभई सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरे ।

भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती जारी गरेको भन्ने विषयमा जानकारी गराएका थिए । ‘नेपालस्थित् अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ’, उनले भने, ‘राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसकेको खुलासा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here