चोरलाई सर्पले बेरेर यातना (भिडियो)

145

इन्डोनेसियाली प्रहरीले चोरीको अभियोग लागेका एक व्यक्तिलाई सर्प प्रयोग गरी यातना दिइएको भिडियो सार्वजनिक भएको छ।

सुरुवातमा प्रहरीले ती व्यक्तिमाथि सर्पको प्रयोग नगरेको जनाएका थिए। तर, भिडियो सार्वजनिक भएसँगै प्रहरीले माफी मागेका छन्।

पपुवा न्यूगिनिका एक व्यक्तिले मोबाइल फोन चोरेको आरोप लागेको थियो। प्रहरीले ती व्यक्तिको हात बाधेरे उनको शरीरमा सर्प राखेर बोल्न लगाएका थिए।

भिडियोमा ती व्यक्ति त्रासका कारण चिच्याएको देखिएको छ। प्रहरीले आफ्नो बचाउगर्दै उक्त सर्प विषालु नभएको जनाएको छ।

उक्त कार्यले मानवताको धज्जी उडाएको भन्दै विश्वभरबाट आलोचना सुरु भएका छन्। प्रहरीले ती व्यक्तिलाई सर्प लगाइदिएपछि हाँसेको भिडियोमा देखिएको छ।

मानव अधिकारकर्मीहरुले इन्डोनेसियाली प्रहरीको उक्त कार्यको खण्डन गरेका छन्।

पपुवा न्यूगिनीमा इन्डोनेसियाली प्रहरीको ज्यादतीलाई सामान्य मान्ने गरिएको छ। सन् १९६९ देखि पपुवा न्यूगिनीमा इन्डोनेसियाले आफ्नो प्रभाव कायम गरेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here