काठमाडौं/नेपाल पुलिस क्लब २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा साहारा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । निर्धारित समयसम्म दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा पुलिसले बाजी मार्यो ।
खेलको ३३औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर खेलको ८४औं मिनेटमा साहारा क्लबका विश्व अधिकारीले गोल गर्दै खेल १(१ गोलको बराबरीमा ल्याएका थिए । प्रतियोगिताको विजेताले आठ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, उपविजेताले चार लाख नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।


















