प्रदेश २ को जिल्लाहरुमा स्वास्थ्य बीमा कार्यक्रम, उपचारबाट कोही बञ्चित नहुने

99

जनकपुरधाम / प्रदेश नं २ को धनुषा जिल्लामा उपचारबाट कोही बञ्चित हुनुनपरोस् भन्ने उद्वेश्यले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री यादवले आर्थिक अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम ल्याएको जनाउनुभयो । स्वास्थ्य बीमा बारे जनमानसमा रहेको भ्रम हटाउनमा सहयोगको लागि संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

पाँच जना सदस्य रहेको परिवारले दुई हजार पाँच सय रुपैयाँ प्रिमियर बुझाएर स्वास्थ्य बीमा गराउन सक्ने भएको छ । बीमा गराएको परिवारले वर्षमा पचास हजार बराबरको स्वास्थ्य जाँच, औषधी, उपचार लगायतको सुविधा लिन सक्ने छन् । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आर्थिक अवस्था कमजोर रहेको परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

प्रदेश २ को जिल्लाहरुमा लागु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमले यहाँको जनता लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र पुर्व राज्यमन्त्री रामसिंह यादवलाई स्वास्थ्य बीमा सदस्यता वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here