शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने

64

काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनोट खेल तालिका समेत सार्वजनिक गरेको छ ।

सहभागी क्लबलाई २० समूहमा विभाजन गरिएको छ । एउटा समूहमा तीन टोली छन् । छनोट खेल असोज ६ गतेदेखि कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।

नकआउट चरणमा पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिने र समूहका विजेता दुई टोली ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । छनोट हुने दुई टोलीबीच उपाधिका लागि फाइनल भिडन्त गराइले एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here