पूर्व सचिवकी श्रीमतीकाे हत्यामा घरेलु कामरदारकाे हात रहेकाे खुलाशा

255

काठमाडौं / नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको खुलेको छ ।

उनको घरमा रहेको सिसिटिभी फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ ।

भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जनकारी दिएको छ । मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् दाङ घर भएका चौधरी पनि घरमै मृत फेला परेका थिए ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here