एजेन्सी / कोरोना भाइरसको संक्रमणबाट एकै दिन ९७ जनाको मृत्यु भएको छ ।
आइतबार दिनभर अहिलेसम्मकै सबैभन्दा धेरैको ज्यान गएको हो । चीनमा मात्रै अहिलेसम्म जम्मा ९ सय ८ जनाको मृत्यु भएको छ । यस्तै ४० हजार १ सय ७१ जना कोरोना भाइरसका बिरामी छन् । साथै १ लाख ८७ हजार ५ सय १८ जना प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।
चिनियाँ तथ्यांक अनुसार चीनबाट ३ हजार २ सय ८१ जना बिरामी उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ ।


















