काठमाडौं / नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबार राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारणसभामा पोखरेललाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
वर्षभर संस्थाको नेतृत्वगर्दा देखाएको कौशलताका आधारमा आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पोखरेललाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
सम्मान ग्रहणपछि पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको जनाउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको जनाउनुभयो । सम्मानको पृष्ठभूमि आफ्नो कर्मक्षेत्र आइएमईमै भएको जनाउदै आइएमईको संचालक समिति, आइएमई ग्रुपमाकार्यरत सहकर्मी मित्रहरू र आयोजक संस्था ‘म्यान’ लाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहनु भएका पोखरेलले विगत आठ वर्षदेखि आइएमई लिमिटेडको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आईएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


















