विप्लवप्रति कठोर बन्दै सरकार, जहाँ भेट्यो त्यही पक्रन निर्देशन

78

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका छन्।

प्रधामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापालाई तीनवटै सुरक्षाका अंगका प्रमुखले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने राय दिएका छन्। बिफ्रिङपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा विप्लव समूहको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

आइतबार पनि गृहमन्त्रालयमा गृहमन्त्री थापासहित प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले विप्लव समूहको गतिविधिबारे लामो छलफल गरे। ‘विप्लव समूहले सशस्त्र हिंसा गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुले त्यसलाई निस्तेज पार्न गृहमन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएका छन्’, मन्त्रालय स्रोतले भन्यो । नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here