छितराज न्यौपाने
राष्ट्रिय सचिव
प्राज्ञिक विद्यार्थी परिषद नेपाल
प्राज्ञिक विद्यार्थी परिषद नेपाल विगत लामो समय (२३ वर्ष) देखि नेपालमा विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ। शिक्षक ,विद्यार्थी र शिक्षाविदहरुको समुहको रूपमा आफ्नो पहिचान लाई स्थापित गरिसकेको विद्यार्थी परिषदलाई आज नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठनका नामले पनि समाजमा चीर परिचीत भएको पाइन्छ ।
कक्षा ११ देखि माथि विद्या वारिधी सम्म पढ्ने विद्यार्थी ,सो तह अध्यापन गराउने शिक्षक र शिक्षाविदहरुलाई एउटै साङ्गठनिक संरचनामा राखी उनीहरुमा राष्ट्रलाई केन्द्रमा राखेर कार्य गर्नु पर्छ र राष्ट्रका लागि जीवन व्यतीत गर्नु पर्छ ,भोलि समाज जीवनका जुनसुकै क्षेत्रमा गए पनि राष्ट्रलाई नोक्सानी हुने कार्य आजन्म नगर्ने संकल्प लिएको व्यक्ति निर्माण गर्ने कार्य गर्दछ।
विद्यार्थी परिषदमा यस्तो प्रकारको पद्धति छ जहाँ सामान्य विद्यार्थीहरुलाई असल नागरिक निर्माणका लागि केहि व्यक्तिहरुले आफ्नो सुख सुबिधालाई त्याग गरि आजीवन ब्रह्मचार्य पालना गरि आफ्नो जीवनको लक्ष्य नै विद्यार्थी परिषद कार्य ठानी संगठनको योजनामा रहि कार्य गर्ने पद्धति छ ।
विद्यार्थी परिषदले विभिन्न प्रकारका रचनात्मक गतिविधि ,आन्दोलनात्मक गतिविधि , शैक्षिक संगोष्ठी ,साङ्गठनिक प्रशिक्षण जस्ता कार्यक्रमहरु गर्ने गर्दछ । विद्यार्थी परिषद नेपालको माटोको विचार लाई सम्मान गर्न सक्ने,नेपालको भाषा ,धर्म ,संस्कार,संस्कृति ,रीतिरिवाज ,चालचलन ,परम्परा भेषभूषा र तद अनुसार चल्न सक्ने भगवान पशुपति नाथको विचार ,भगवान गौतम बुद्धको विचार ,राजा जनकको विचार ,राष्ट्र पिता योगि नरहरि नाथको विचार ,माता सीताको विचार ,भिमदत्त पन्तको विचार , फाल्गुनन्दको विचार एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाह को विचारलाई लिएर कार्य गर्न सक्ने असल,इमानदार ,चरीत्रवान र नीतिवान व्यक्ति निर्माणको महायज्ञमा सतत प्रयासरत छ।
विद्यार्थी परिषदको अन्तिम लक्ष्य देशको पुनः निर्माण हो ,यस अर्थमा शिक्षा क्षेत्र नै विद्यार्थी परिषदको कार्यक्षेत्र हो। शैक्षिक पुनः संरचनाको विशिस्ट कार्यले हामीलाई राष्ट्र पुनः निर्माणको व्यापक सन्दर्भसंग जोड्दछ। संस्कारित छात्र शक्तिबाट समाज परिवर्तनको सोच लिएर व्यक्ति निर्माणको माध्यमद्वारा आफ्नो लक्ष्य प्राप्ति गर्नु विद्यार्थी परिषदको कार्य पद्धतिको विशेषता हो। राष्ट्र पुनः निर्माण अर्थात समृद्ध ,स्वाभिमानी ,सुखी एवं स्वाभलम्भी,देश अथवा सबैलाई गाँस ,बाँस, कपास ,स्वास्थ्य ,र शिक्षा तथा स्वसंस्कृति एवं युगानुकूल ,स्वदेशानुकूल समाज वा अर्थ व्यवस्थाको पुर्ण स्थापना यसै लक्ष्यको प्राप्तिका निम्ति एउटा सशक्त एवं देशभक्तिले ओतप्रोत छात्र आन्दोलन खडा गर्न विद्यार्थी परिषद निरन्तर प्रयत्नशील छ।
विद्यार्थी परिषद एक विद्यार्थी संगठन भएका नाताले शिक्षा क्षेत्रका विभिन्न कमि कमजोरी हरुलाई सुधार गर्नु ,राष्ट्रको आवश्यकता अनुसारको पाठ्यक्रम निर्माणका लागि सम्बन्धित निकायलाई सचेत गराउनु ,गुरु र शिष्य विचको सम्बन्धलाई प्रगाढ बनाउने ,शिक्षा क्षेत्रमा मौलाउदै गरेको दलीय अनावश्यक राजनीतिक हस्तक्षेपलाई अन्त्य गर्ने खालका अभियानहरु सञ्चालन गर्ने गर्दछ। विद्यार्थी परिषदले सत्ता परिवर्तन बाट राष्ट्रले समृद्धि प्राप्त गर्दैन भन्ने यथार्थलाई स्वीकार गर्दछ।राष्ट्रको समृद्धिका लागि त्यो राष्ट्रका नागरिकहरुले विशेष गरित युवा विद्यार्थी हरुले योगदान दिनुपर्छ ,मेरो जीवन राष्ट्रका लागि हो भन्ने भावनाको विकास गर्यौ र सो अनुसारको कार्य सम्पुर्ण युवा शक्तिले गर्यो भने मात्र समृद्धिको कल्पना गर्न सकिन्छ नेपालको सम्पुर्ण भूभागमा बसोबास गर्ने त्यो तराईको गौरमा बस्ने मंडल ,झा ,गुप्ता होस् या हिमालको मुस्ताङमा बस्ने लामो ,तामाङ ,होस् पुर्वको ताप्लेजुङमा बस्ने राई ,लिम्बू होस या पश्चिमको दार्चुलामा बस्ने पन्त ,भट्ट होस या डोल्पामा बस्ने लामा ,खड्का होस सम्पुर्ण युवाहरुको सोच एउटै भयो भने मात्र राष्ट्रले समृद्धि प्राप्त गर्छ भन्ने कुरामा हामी सचेत छौ त्यसकाकारण विद्यार्थी परिषद नेपालका सम्पुर्ण भुभागमा बसोबास गर्ने युवा विद्यार्थीहरुलाई नेपाल मेरी आमा हुन र नेपालमा बसोबास गर्ने सम्पुर्ण हामी सो नेपाल आमाका सन्तती हौं भनेर सिकाउने नेपालको एक मात्र सामाजिक शैक्षिक पारिवारिक विद्यार्थी संगठन हो ।
७ प्रदेशको संरचना निर्माण संगै आफ्नो सातैँ राष्ट्रिय अधिवेशन पोखरामा करिब सबै जिल्लाका प्रतिनिधिहरुको सहभागीतामा भब्यताका साथ सम्पन्न गरिसकेको विद्यार्थी परिषदलले यो वर्षमा सबै जिल्लाका प्रमुख केन्द्रहरुमा एक दिवसीय अभ्यास वर्ग ,प्रदेश अनुसार छात्रा वर्ग,प्रदेश अनुसार जनजाती विद्यार्थी सम्मेलन ,शिक्षक कार्यकर्ता प्रशिक्षण , प्रदेश अभ्यास वर्ग ,प्रदेश अधिवेशन सांस्कृतिक कार्यक्रम र अन्य प्रमुख केन्द्हरुमा कार्य विस्तार जस्ता विविध गतिविधिहरु सम्पन्न गर्नेछ ।
नेपालका सबै जिल्लामा आफ्नो कार्य को सुरुवात गरि सकेको विद्यार्थी परिषदले वर्तमान समयमा नेपालका सबै जिल्लाका प्रमुख केन्द्रहरुमा एक दिवसीय अभ्यास वर्ग सम्पन्न गर्दैछ। सो एक दिवसीय अभ्यास वर्ग सम्पन्न गर्नका लागि विद्यार्थी परिषदका राष्ट्रिय पदाधिकारीहरुको विशेष प्रवास रचना बनेको र आ-आफ्नो क्षेत्रमा खटिरहनु भएको छ।
यस प्रकारको ईश्वरीय ,पबित्र एवं सामाजिक कार्यमा तन,मन र धन को समर्पण भावले आजसम्म सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक अभिनन्दन एवं आगामी दिनमा पनि यहाँहरुको समर्पण एवं आशीर्वादको अपेक्षा विद्यार्थी परिषद गरिरहने छ।
विद्यार्थी परिषद राष्ट्र निर्माणको आदार्शीला उच्च शिक्षामा निरन्तर सक्रिय भएकोले राष्ट्रलाई हाक्ने जनशक्ति तयार गरिरहेको छ र यो पवित्र ,ईश्वरीय,सामाजिक एवं राष्ट्रिय कार्य गर्ने शक्ति आराध्य देव भगवान पशुपतिनाथबाट प्राप्त होस् ,सम्पूर्ण नेपालीहरुमा नेपाल आमाको सेवा गर्ने भावनाको विकास होस् ।


















