बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने

39

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि बढाएको छ ।

काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितत गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ ।

महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।

वडा कार्यालयलाई सिफारिसका लागि बालबालिकाको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिहरूबाट निवेदन प्राप्त हुन आएमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता प्राप्त गरेको भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि), आमा र बाबु दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बाबु वा आमा दुवै बेपत्ता भएको वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चितीकरणमा परेको प्रमाणित कागजात, विद्यालय भर्ना भइ नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र, संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जस्ता कागजातका आधारमा दिनुपर्ने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here