टाेखा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) टाेखा नगर कमिटीद्वारा आयाेजित शुभ दिपावली, नेपाल संवत् ११४३, छठ पर्वकाे शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम कार्तिक ३ गते बिहिबार भव्यरूपमा सम्पन्न भएकाे छ ।
साे कार्यक्रममा राष्ट्रको लागि अतुल्नीय योगदान दिएका नेपालभाषाकाे क्षेत्रमा मातृभाषा बचाउँ अभियान्ता रिदेन महर्जन, पत्रकारिता क्षेत्रमा राष्ट्रिय दैनिक कार्टुनिस्त सानुराजा डंगोल, नेपाली खेलकुद जगतमा अन्तरास्ट्रिय सेपाक्टार्क्वा खेलाडी सुमित्रा डंगोल, ताक्वान्दाे खेलाडी मनिष डंगोल, समुन्द्र महर्जन, राेसन श्रेष्ठ, नविन श्रेष्ठ, दिपेश महर्जन, अजय श्रेष्ठ, सुशील श्रेष्ठहरुलाई विशेष अतिथि एमाले कामाडाैं जिल्ला पार्टी अध्यक्ष दिपक निराैलाले सम्मान पत्र प्रदान गरेका थिए ।
अतिथिका रूपमा टाेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी २ नं वडा अध्यक्ष धर्वेन्द्र श्रेष्ठ ३ नं वडा अध्यक्ष रमेश डंगोल ३ नं महिला सदस्य सान्ता राई हरिकृष्ण श्रेष्ठ पुर्व उपप्रमुख ज्ञानमाया डंगोल समानुपातिक सदस्य नारायन भाइ श्रेष्ठ प्रदेश कमिटी सांकृतिक विभाग सह इन्चार्ज यवम पार्टी जिल्ला सदस्य मनिराज डंगोल जिल्ला पार्टी सदस्य राधेश्याम श्रेष्ठ अतिथिका रूपमा उपस्थिति जनाएकाे थियाे ।





















