राजनीतिक स्थिरता विना विकास निर्माण सम्भव : नेता सिंह

53

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता विना विकास निर्माण सम्भव नभएको जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।

उनले नेपाली  जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक  स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको जनाए। उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा  गठबन्धनलाई जिताउन आग्रह गरे। राजनीतिक स्थिरता र स्थायित्व,  संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नु नहुने उनको भनाइ छ।

‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि  जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका  उम्मेदवारहरुलाई जिताउन आवश्यक छ,’  उनले भने, ‘अस्थिरता भयो भने विकास निर्माणको कुरा  काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई  जिताउन आवश्यक छ।’

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता, कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here