नेपाली विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार’ १

109

बनेपा/काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले सबैलाई आश्चर्य चकित पार्दै नयाँ तीनचक्के सवारी साधनको निर्माण गर्न सफल भएका छन् । यो सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुले दाबी गरेको छ । योँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापा जनाउनु भयो । आउँदो अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ । न‘दशैँ अघिदेखि सुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अ न्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएर प्रतिष्पर्धामा आएका छौँ,’ उनले भने ‘हाम्रो मात्र नभई सम्पुर्ण नेपालीहरु कै शान हो । मलेसियामा हुने प्रतिष्पर्धामा विश्वका गाडी उत्पादकसँग प्रतिष्पर्धा गर्नेछौँ र पहिलो बन्ने अपेक्षा छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती हो ।’

यसले सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी दाबी गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएकोले यो अवसरलाई सदुपयोग गर्ने छौं । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरले बताए । ‘मेलेसियामा हुने प्रतिष्पर्धामा हामी सयौं देशबाट प्रथम हुने प्रयासमा छौँ । यसका लागि विद्यार्थी, विश्वविद्यालय दिनरात लागेको छ । सरकार र लगानीकर्ताले साथ र सहयोग गरेमा हाम्रो उत्पादनले अवसर पाउने आशा लिएका छौँ ।’जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे । तुलाधरका अनुसार सन् २०१६ देखि सुरु भएको अभियानमा काठमाडौं विश्वविद्यालय सफल नभए पनि २०१८÷२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सन् २०१७ बाटै निर्माण सुरु गरेको बता इएको छ ।

५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोगका कारणले जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ । ‘ग्यासलाईन इन्जिनबाट उर्जा निकालेर एयरडाईनामिक डिजाइनमा निर्माण भएको जुनकिरीमा अक्सिजन सेन्सर रहने छ। कार्वोन डाईअक्साईडको मात्र बढेमा सेन्सरको मदतले ईन्जिन रोकिने आधुनिक प्रविधिको प्रयोग गरेका छौँ, यो नौलो प्रयोग हो,’ आफूहरुको सीप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनीहरुको दावी छ । थापाका अनुसार १० जनाको समुह मिलेर निर्माण गरेको उक्त साधनको मुल्य २ लाख ७० हजार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here