– ऋषीराम कट्टेल
विप्लवको पार्टीमाथी प्रतिबन्ध लगाएर एकाध नेताहरुको गिरफ्तारीपछि ओली र उनका आठ पहरियाको उन्माद निकै वढेको छ । दिनदिनै जसो फर्मान जारी गरिदैछ । ओलीको संचारमन्त्री संचार जगतलाई धम्क्याउदैछन । विप्लवका खवर नछाप्नु प्रसारण नगर्नु । अन्यथा सरकारले त्यस्ता संचार गृह र संचार कर्मिलाई ठेगान लगाईदिने छ । ६ वटा संचार गृह हाम्रो नोटिसमा छन पख्लास भन्छन । गजवको छ प्रेस स्वतन्त्रता ?
गृहमन्त्री विप्लवहरु संग कसैले भेटघाट ,कुराकानी ,सहकार्य नगर्न आदेश जारी गर्दछन । यदि कसैले आदेश उलङ्घन गरे सुली चढाउने ध्वाँस लाउछन । प्रधानमन्त्रीजी विप्लवहरुले लुरुलुरु आएर आत्म समर्पण गर नत्र जेल पठाईदिन्छु । यो चानेचुने सरकारहोइन । दुई तिहाईको सरकार भन्ने सगर्व उद्घोष गर्दछन । कुनै चेतभएको मानिसले यस्तो अभिव्यक्ति दिदैन । सेनाले राजनीतिक समस्या भएकोले राजनीतिक तरिकाले हल खोज्न आग्रह गर्दा प्रष्टिकरण सोधेको कुरा छापामा आँउछ । सयौ मान्छेहरुलाई खोज र समातको नाममा गिरफ्तार गरिएको छ । अदालतले सफाई दिन्छ तत्काल ओलीको पुलिस पक्डन्छ । गाँउ सहर जताततै आतङ्क सिर्जना गरिएको छ । विप्लवका कार्यकर्तालाइ मात्र हैन सवै कम्युनिष्ट क्रान्तिकारीहरु लाई तर्साउने दुस्प्रयास भइरहेछ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताका परिवारहरु वेलुका घर फर्कने कुरामा मात्र हैन रातमा पनि ओलीका लठैतहरुवाट सुरक्षामा आसंकागर्न थालेकाछन । सारतः देश शाही तानाशाहीको झल्को दिने गरि ओली तानाशाहीको आतङ्क खेपिरहेछ । यी सवै घटनाहरु र अभिव्यक्तिहरुले के पुष्टि गर्दछन भने ओली सरकार अव सैन्यवलको साहारामामात्र टिक्नसक्ने निस्कर्षमा पुगेको छ ।
ओलीजीहरु प्रष्ट हुन जरुरी छ विप्लहरुले नेतृत्वगरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको एक घटक हो । नेपाल कम्युनिष्ट पार्टी तपाइहरुका सवै फर्मानहरु लाई अवज्ञा गर्दै विप्लवहरुको पार्टी संग कार्यगत एकता ,सहकार्य र पार्टी एकताको वाटोमा अगाडी वडने कोसिश गर्दछ । विस्वास छ सवै जनवादी ,देशभक्त ,न्याय र स्वतन्त्रता प्रेमी जनसमुदायवाट तपाइको आदेश उलङ्घन हुनेछ ।
२००६ सालमा क. पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थिए । केही मात्रात्मक परिवर्तनहरु भए पनि पार्टीले चाहेको राज्य व्यवस्था आएको छैन । वर्तमान दलाल नोकरशाही तथा सामन्ति राज्य व्यवस्थालाई ध्वंस नगरी नयाँ जनवादी गणतन्त्र हुदै वैज्ञानिक समाजवादको स्थापना पनि हुदैन । यो युगीन जिम्वेदारी पुरागर्नु हरेक कम्युनिष्ट क्रान्तिकारीहरुको दायीत्व हो । तसर्थ अव कम्युनिष्ट क्रान्तिकारीहरुलाई आत्म समर्पणगर्न फर्मान जारी गर्ने हैन बरु ओलीहरुले गद्धारीको इतिहाँसवाट वच्ने उपाय खोज्नु जरुरीछ । स्मरणीय छ गद्धारहरुका हरेक दुस्प्रयत्नहरुलाई परास्त गरेरै नेपालको कम्युनिष्ट आन्दोलन यो अवस्था सम्म आइ पुगेको हो । गद्धार र क्रान्तिकारी पात्रहरु विगत देखिनै बदलि रहेकै हुन् । ऋषीराम कट्टेलको फेसबुकबाट साभार

















