गोगंबु / बसपार्कस्थित होटल / रेष्टुरेन्टहरुबाट २० महिला र ३२ पुरुष पक्राउ

234

काठमाडौं / गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुष पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभागले होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here