युरोकपमा जर्मनी शीर्षमा

54

काठमाडौं ।सब्टिच्युट निकलास फुल्करबनले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले जर्मनीले युरो २०२४ मा आइतबार स्विटरल्यान्डलाई १–१ को बराबरीमा रोकेको छ । यससँगै जर्मनी समूह ‘ए’ को शीर्षमा रह्यो । स्विटरल्यान्डले डन एनडोयको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।

स्विटजरल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल रह्यो । जर्मनीको तीन खेलबाट सात अंक रह्यो भने स्विटरल्यान्डले त्यत्तिकै खेलबाट पाँच अंक बटुल्यो । हंगेरी भने तीन अंकमा तेस्रो स्थानमा रह्यो । उसले समूहको अर्को खेलमा स्टकल्यानडलाई १–० ले हरायो । स्कटल्यान्ड एकै अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

हंगेरीका लागि त्यस जितमा केभिन सोबोथले निर्णायक गोल गरे । यो गोल दोस्रो हाफको इन्ज्युरी समयको दसौं मिनेटमा सम्भव भएको हो । यससँगै ठूला प्रतियोगितामा स्कटल्यान्डको लिग चरणमै सीमित हुने खराव क्रम जारी रह्यो । हंगेरीसामु भने तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा परेर नकआउट चरण पुग्ने सम्भावना कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here