प्रधानमन्त्री ओलीकाे एक वर्षमा चमत्कारै चमत्कार भएकाे प्रमबाटै खुलासा

170

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनजना लगायतका काम गर्न सफल भएको जनाएका छन् ।

बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले गरेका कामहरु सार्वजनिक गर्दै यस्तो जनाएका हुन् ।

उनले आफ्नो पहिलो बर्षको कार्यकालमा २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वातावरणका लागि ऐन परिमार्जनको तयारी भएको जनाएका छन् ।

औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले जनाएका छन् ।

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् ।

प्रधानमन्त्रीको कार्यकालमा ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here