सप्तरी / नेपाली सेनाले प्रदेश नं २ सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा संचानल गर्न लागेको बृहत नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको बुधबार उद्घाटन गरिएको छ ।
नि शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समुद्धाटन गर्नु भएको हो ।
प्रति दिन १२०० जनालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल समस्याका विरामी ६, मध्यमका १५ र सामान्य २० गरी जम्मा ४१ जनाको सर्जरी गर्ने लक्ष्य रहेको यस शिविरमा ई.एन.टि., अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको स्वास्थ्य उपचार गरिने छ ।
फागुन १ गते सुरु गरिएको सो शिविर फागुन ११ गतेसम्म संचालन हुने उक्त घुम्ति स्वास्थ्य शिविरमा बिरामीको लागि दर्ता समय प्रत्येक दिन विहान ०६:०० बजेदेखि ०९:०० बजेसम्म र ओ.पि.डी. समय विहान ०९:०० बजेदेखि १७:०० बजेसम्म रहेको छ ।
बृहत नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविर समुद्दघाटन कार्यक्रममा नं २ प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, स्वास्थ्य मन्त्रालयका सचिव, सैनिक स्वास्थ्य महानिर्देशक उपरथी शशि राई, वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा। सुनिल कुमार सिंह, श्री नं. २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठ, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, भीमदल गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवर, गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालका डक्टरहरु लगायत स्थानिय जनप्रतिनिधिका साथै बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।



















