टर्किको सहयोगमा नेपाल सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै

192

 काठमाडौं / टर्किको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा सम्झौता गरेको छ ।

ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्कि व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अब निकट भविष्यमानै टर्किको खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरणहरु भित्राउदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ ।

अस्पतालका अध्यक्ष डा. महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर जस्तो रोगको उच्चस्तरिय उपचार पाउने र विदेशसम्म पुग्नु नपर्ने बताउनुभएको छ । सबै वर्ग र समुदायसम्म उपचार पहुँचयोग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्नेमा वहाँ विश्वस्त हुनुहुन्छ ।

नेपाल टर्कि व्यपार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर जस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागी पर्ने जनाउनुभएको छ । केहि समयको अध्ययन र अनुसन्धान पश्चातनै यस सम्झौता सम्भव भएको वहाँले प्रष्ट पार्नुभयो ।

बुधबार गरिएको दुइ पक्षबीचको सम्झौताको केहि समयमानै यस सम्बन्धि काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here