भ्यालेन्टाइन्स डे : डेटिङका लागि भाडामा पार्टनर

212

भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरूले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले विशेष प्याकेजको पनि व्यवस्था गरेका छन् ।

‘मलाई भ्यालेन्टाइन्स डेको लागि भाडामा लिनुहोस् -मसँग विभिन्न अफर छन् । मूल्य कुराकानीमार्फत मिलाउन सकिने।’ मूल्य ७.८१ पाउन्ड अर्थात् लगभग हजार रूपैयाँबाट सुरु हुन्छ । यति पैसामा तपाईं ती व्यक्तिसँग साथीको रूपमा बिहान एक घण्टा सँगै डुल्न सक्नुहुन्छ । मूल्य दोब्बर तिर्दा तपाईं बिहानको समयमा दुई घण्टा ती व्यक्तिसँग डुल्न पाउनु हुन्छ । यसमा तपाईंले चकलेट पाउनुहुनेछ र ती व्यक्तिले तपाईंको हात पनि समाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here