काठमाडौं / उपरथी दर्जामा पदोन्नती हुनु भएका पाँच जना सहायक रथीहरुलाई बुधबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
पदोन्नती हुनुभएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथी सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।


















