सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह बन्धनमा बाधिँएका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ अर्थात् बिहीवार उनीहरु विवाह बन्धनमा बाधिँएका हुन् ।
दुईको विवाहको तश्बिर ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।
प्राप्त तस्वीरमा संजोग र वर्षा दुलहा-दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । बैबाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।
७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन ।


















