पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयमा विवेकशील नेपाली दलले विरोध जनाएकाे छ ।
शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गर्दै आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत आह्वान गरेकाे छ ।
विवेकशील नेपाली अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दछ। लोकतन्त्रको सुन्दरता नै यही हो। नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको परिधिभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु एक जिम्मेवार सङ्गठनको जिम्मेवारी हो। गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ ९ इन्टरनेटमा भेटिएको एउटा भिडियो : https://youtu.be/jElQCUzAQso लाई सरकार अनि सरकार समर्थक दलका निकट व्यक्तिहरू अनि सङ्गठनहरूबाट दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण गराएकाे हाे ।
लोकतन्त्रका निम्ति आत्म नियन्त्रण ( self censorship )घातक हो। झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरको बारेमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेकाे हाे ।
‘यस घटनाले एक गम्भीर प्रवृत्तिको उजागर गरेको छ जहाँ सरकार श्रृंखलाबद्ध ढङ्गले संविधानमा सुनिश्चित भएका नागरिक हकहरूलाई कुल्चन तम्तयार देखिन्छ । शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालन सम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले नै ल्याइएको प्रस्टैसँग देखिन्छ ।’ गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने विवेकशील नेपाली दलले धारणाा व्यक्त गरेकाे छ ।


















