ब्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्रीकाे आग्रह

112

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने,  आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिए । ‘लगानी गरेपछि तयसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको विषयमा पनि लचिलो हुनुहोस् । ’ प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस्‘। विलासी वस्तुमा लगानी कम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री युवाराज खतिवडा र राष्ट्र बैंकका गभर्नरलाईसमेत निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here