एजेन्सी/ अहिले चलचित्र बाहुबली–२ को प्रदर्शनले विश्वभर धमाका पिटेको छ । यो चलचित्र अहिलेसम्मका सबै चलचित्रको रेकर्डलाई तोड्दै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र पनि बन्न सफल बनेको छ । सफलताका कारण चर्चामा रहेको यो चलचित्रविरुद्ध एक झट्का लागेको छ ।
यो चलचित्रमा बोलिएको एक डायलगविरुद्ध आक्रोशित बनेका त्यहाँका कतिज समुदायले यो चलचित्रविरुद्ध मुद्दा दर्ता गरेका छन् । यो चलचित्रको एक सिनमा कटप्पाले एक डायलग बोलेका छन् । उनले बोलेको डायलगले कतिज समुदायलाई अपमान गरेको भन्दै उजुरी दर्ता गराएका हुन् । उक्त समुदायले सेन्सर बोर्डमा उक्त शब्द हटाउन माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।

















