काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंकले अन्ततः एनआईडीसी डेभलपमेण्ट बैंकलाई गाभ्ने भएको छ । बैंकको एघारौं साधारणसभाले एनआईडीसीलाई गाभ्ने प्रस्ताव पारित गरेको हो । साथै बैंकले लघुवित्त कम्पनी खोल्ने प्रक्रियासमेत अगाडि बढाएको छ ।
सरकारले एनआईडीसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेपछि एनआईडीसी राष्ट्रिय वाणिज्य बैंकमा विलय हुने भएको हो । वाणिज्य बैंकलाई थप सबल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआईडीसी बैंकलाई गाभ्ने निर्णय सरकारले गरेको थियो । साधारणसभामा बैंकका अध्यक्ष डा.रवीन्द्रप्रसाद पाण्डेले राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंंकहरूमध्ये एक नम्बरको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

















