मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फ प्रदान गरिने

63

उण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमिमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिनेछ। सो पुरस्कार छनोटका लागि फाउण्डेसनले पुरस्कार छनोट कमिटीसमेत गठन गरेको छ।

पुरस्कारका लागि आवेदन दिन चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधिको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजो, मिर्गौला), जन्मजात अपांगताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुर्‍याएको व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ।

साथै, ती सेवाहरुको संस्थागत विकास गर्दै दुर्गम क्षेत्र, गरिबी, असहाय र सेवाबाट वन्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्ति तथा संस्थाले समेत पुरस्कारका लागि आवेदन दिन आह्वान गरिएको छ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने सो पुरस्कारका लागि २५ जेठसम्म आवेदन दिन सकिनेछ। यसैगरी, एक लाख राशीकै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष खेलकुद विधातर्फ प्रदान गरिने फाउण्डेसनले जनाएको छ।

पुरस्कारका लागि व्यक्ति वा संस्था आफैँले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिस पनि गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here