सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केबल कारमा विशेष छुट

62
twitter sharing button

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकलाई पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिमा विशेष छुट हुने भएको छ।

छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अन्नपूर्ण केबलकारमा २५५ सम्मको आकर्षक छुट पाउने भएका हुन्। यसका साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्ने ग्राहकmका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुनेछ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा,  १३९  वटा एटीएम, ३ विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here