नर्भिकमा भाेलि निःशुल्क सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टकाे ओपिडी हुने

81

काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत भोलि (शनिबार) पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन्।   पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरूले समेत डा. जोशीको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोनसिबिलिटी (सिएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।   यही क्रममा भोलि(शनिबार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन्।

 निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here