निरुता-उत्तम-दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै

199

सुपर हिट फिल्म ‘दर्पण छायाँ’ का निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको जोडी , तीनै स्टार्सको करिअरका लागि यो फिल्म कोशेढुंगा साबित भएको थियो ।

साल २००१ मा प्रदर्शनमा आएको सो फिल्मका निर्देशक तुलसी घिमिरेले दुई दशकपछि ‘दर्पण छायाँ’ को लोकप्रियता ‘क्यास’ गर्न नयाँ कथामा नयाँ कलाकारलाई प्रस्तुत गरेर यसको दोस्रो पार्ट बनाए । तर, फिल्मलाई रुचाइएन ।

अब भने यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । अर्थात्, ‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो त्यहीबाट ‘दर्पण छायाँ’ को दोस्रो पार्ट सुरु हुनेछ । अहिले फिल्मको कथा अभिनेता उत्तम प्रधानले लेखिरहेका छन् । फिल्मलाई ‘दर्पण छायाँ’ जोडी उत्तम, निरुता र दीलिपले निर्माण गर्नेछन् भने अभिनय पनि उनीहरुको नै रहनेछ । निर्देशन तुलसी घिमिरे गर्ने सम्भावना प्रवल छ ।

एक साप्ताहिकसँगको कुराकानीमा निरुता स्वयम्ले ‘दर्पण छायाँ’ को सिक्वेल बनाउन लागेको खुलासा गरेकी हुन् । उनले उत्तमको कन्सेप्टबाट आफू प्रभावित भएको र हाल कथामा काम भइरहेको जनाएकी छिन् । उनले भनेकी छन्, ‘उत्तम जीले सुनाउनु भएको एउटा कन्सेप्ट मलाई पनि राम्रो लाग्यो । अहिले कथामा काम भइरहेको छ ।’

निरुता र दीलिप नेपाली फिल्ममा सक्रिय भए पनि उत्तम भने काँचको पर्दाबाट हराएको धेरै वर्ष भइसकेको छ । उनले यस वर्ष प्रदर्शनमा आएको बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ुपाहुनाु मा विशेष भूमिका निभाएका थिए । तर, लिड रोलमा उनले अभिनय गरेको नेपाली फिल्म भने दर्शकले हेर्न नपाएको लगभग एक दशक भइसकेको छ ।

अब दुई दशकपछि सर्वाधिक रुचाइएको ‘दर्पण छायाँ’ जोडीलाई पुनः पर्दामा हेर्न पाउनु दर्शकका लागि भने ठूलै सरप्राइज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here