गायक पशुपति शर्माको गीतले गर्दा प्रतिनिधिसभामा चल्यो दोहोरी !

92

काठमाडौं / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । उनीभन्दा पछि बोलेका नेकपा सांसद झपट रावलले गायक शर्माले कांग्रेसको पक्षपोषण गर्न यो गीत गाएको दाबी गरे।

‘जनताको बोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु’, सिंहले भने । केही दिनअघि सार्वजनिक भएको शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत चर्चामा छ । गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमानित गरेको भन्दै सत्तारुढ दलका भातृसंगठनहरुले आपत्ति जनाएका छन् भने कांग्रेस र विवेकशीललगायत दलले शर्माको गीतलाई समर्थन गरेका छन् ।

उनीहरुले शर्माको गीतमाथि आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको आरोप लगाएका छन् । आइतबार विवेकशील पार्टीका कार्यकर्ताले गायकको शर्माको गीत बजाउँदै माइतिघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।

सांसद रावलले भने ‘सुशील कोइरालाको सरकार हुँदा मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने गीत गाउने गायकले केपी ओलीको सरकार हुँदा लुट्न सके लुट कान्छा भन्ने गीत किन गाएरु,’ रावलले भने, ‘त्यस्तो गीत गाउने गायकलाई कांग्रेस सांसदले २५ हजार पुरस्कार दिने घोषणाले यो गीत किन गाइयो भन्ने देखिन्न र!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here