‘बुलबुल’को पोस्टर हटाउन प्रहरीको निर्देशन

215

गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ ।

चलचित्रको लागि टाँसिएका पोस्टरमा मदिराको विज्ञापन भएकाले प्रहरीले नियम विपरीत भएको भन्दै हटाउन निर्देशन दिएको हो । चलचित्र निर्माण पक्षलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बोलाएर हटाउन आग्रह गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।

Image result for 'बुलबुल'को पोस्टर
निर्माण पक्षले पोस्टर हटाउने भएको प्रहरीले जानकारी दिएको छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, मुकुन्द भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय गरेका छन् । फिल्ममा कोसिस क्षेत्री र उद्गम परियारको सङ्गीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here